काठमाडौं, २८ चैत । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिडले अर्काे जित हात पारेको छ ।
जितसँगै रियल ३२ खेलबाट ७२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिवार साँझ आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियलले इबरलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पाँचौ मिनेटमा जेम्स रोड्रिग्वेजको गोलबाट अग्रता लिएको रियलका लुकासले १८ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्दा त्यसको एक मिनेट पछि १९ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल थप्दै रियलको अग्रता तेब्बर (३-०) पारे ।
यस्तै खेलको ३९ औँ मिनेटमा जेसेले गोल गर्दै रियललाई ४–० को अग्रता दिलाए । पहिलो हाफमै चार गोल गरेको रियलले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
लिगको शीर्ष स्थानमा ३१ खेलबाट ७६ अंक जोडेको बार्सिलोना रहेको छ । रियलको जितपछि एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ ।















प्रतिक्रिया