२५ कार्तिक २०८३, बुधबार

राजधानीमा भूकम्पको ठूलो धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Nepal

काठमाडौं, २७ चैत । शनिबार साँझ राजधानीलाई केन्द्रविन्दु बनाएर नेपालमा अर्काे भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पपछि उपत्यकाका धेरै मानिस अहिले घर बाहिर निस्किएका थिए । यसअघि काठमाडौंलाई नै केन्द्रविन्दू बनाएर पटक पटक भूकम्प गइसकेको छ ।

गोरखा भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४४६ परकम्प गइसकेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आजको भूकम्प अन्य स-साना धक्काहरुजस्तै भएको बताए । उनले भने- ‘यो ठूलो धक्का होइन् । साना-साना धक्काले ठूलो भूकम्पको जोखिम कम गर्छ ।’