२५ कार्तिक २०८३, बुधबार

शेरबहादुरलाई सफल पार्ने अभियानमा रामचन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Poudelतनहुँ, २७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीलाई बलियो बनाउन अब आफू शेरबहादुर देउवालाई सफल बनाउने अभियानमा लाग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ क्षेत्रीय समितिले शनिबार दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले अब सभापति देउवाको नेतृत्वमा कांग्रेसलाई सफल बनाउने अभियानमा आफू लाग्ने बताउनुभएको हो । उहाँले पार्टीलाई कमजोर बनाएर आफू बलियो हुन कहिल्यै नखोजेको भन्दै शेरबहादुर देउवा सफल भएको हेर्न आफूले चाहेको स्पष्ट पार्नुभयो । विचारका आधारमा समाज र मुलुकलाई बदल्नेतर्फ कांग्रेसको अभियान र जागरण थाल्न आवश्यक भएको उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले विचारका आधारमा समाज र मुलुकलाई बदल्नेतर्फ कांग्रेसले अभियान र जागरण थाल्न आवश्यक भएको बताउनुभयो । उहाँले हतियार चलाउने अप्रेसन नभई चाइनिजहरुको अक्युपंचर विधिबाट गरिने उपचार अहिलेको समाजमा आवश्यक रहेको भन्दै हतियारको बलले समाज सुधार्ने होइन विचारका आधारमा समाज बल्नुपर्छ भन्ने वैचारिक अभियान बढाउन चाहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले राजनीतिकलाई सम्मानित बनाउने अभियानमा कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा नेता पौडेलले सरकारले भूकम्प प्रभावितहरुलाई सहयोग नगरेकोमा असन्तुष्टि जनाउनुभयो । उाँले प्रधानमन्त्रीले समयमै घर बनाउन सकिँदैन भनेकोमा आपत्ति जनाउँदै योजना बनाएर घर बनाउन खटिएको भए सर्वसाधारणका घर उहिल्यै बनिसक्ने दाबी पनि गर्नुभयो ।