२५ कार्तिक २०८३, बुधबार

सरकारले वार्ताका लागि नबोलाएको भन्दै मधेसी मोर्चा असन्तुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta_Thakurकाठमाडौं, २७ चैत । मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्तामा नबोलाएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा शनिबार गरिएको एक अन्तक्र्रियामा अध्यक्ष ठाकुरले आफूहरु वार्ताका माध्यमबाट समस्या समाधान होस् भन्ने पक्षमा रहे पनि सरकारले नबोलाएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले आफूहरु विखण्डनकारी र पृथकतावादी नभएको भन्दै सरकारले वार्तामा नबोलाएकोमा आश्चर्यचकित भएको गुनासो गर्नुभयो ।

अध्यक्ष ठाकुरले मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई चैत मसान्तसम्मको समय दिएको र माग पूरा नभए वैशाखदेखि आन्दोलन गर्ने चेतावनी दिनुभयो । आन्दोलनका विषयमा विभिन्न पक्षसँग सुझाव लिने क्रम जारी रहेकाले वैशाखदेखि फरक किसिमको आन्दोलन हुने उहाँको भनाइ थियो ।