काठमाडौं, २७ चैत । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेतृत्वले व्यक्तिगत लाभ लिने लालसा त्यागे मात्र देशको विकास हुने बताउनुभएको छ ।
नेपाल जेसिजले देशभरीका संस्थापक अध्यक्षको सम्मानका लागि शनिबार राजधानीमा गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले राजनीतिज्ञले आफूलाई भन्दा देश र जनतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभएको हो ।
उहाँले संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आफूहरुले दिनमा १६ घण्टा काम गर्ने गरेको स्मरण गर्दै त्यसवापत् आफूहरुले कुनै अतिरिक्त र व्यक्तिगत लाभको आशा नगरेकाले सफलता मिलेको दाबी गर्नुभयो । संविधान कार्यान्वयनका लागि पनि व्यक्तिगत आशा नगरी सद्भाव र बन्धुत्वको भावना बढाउँदै लैजानुपर्ने उहाँको भनाइ थियो ।












प्रतिक्रिया