काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकारको कामकारबाहीले सरकारको आयुको टुङ्गो लाग्ने टिप्पणी गर्नुभएको छ ।
काठमाडौंको बुद्धनगरमा शनिबार बिहान सरसफाइ कार्यक्रममा सहभागी हुँदै सिंहले सरकारले जनतालाई गर्ने व्यवहार र जनसरोकारका कामबाट सत्तापरिवर्तनको विषय जोडिएको बताउनुभयो । ‘सरकार जनताको काम गर्न गम्भीर बन्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस संविधान कार्यन्वयनमा लागेको छ । सरकारले गर्ने ब्यवहार नै सत्तापरिवर्तन हुने वा नहुने कुरामा भरपर्छ ।’
कांग्रेस नेता सिंहले वर्तमान सरकारप्रति कडा आलोचना गर्दै भन्नुभयो, ‘सरकार सधै भाषणवाजीमा रमाएको छ । जनाताको मन जितेर काम गर्न सकेको छैन ।’
उहाँले पुनर्निर्माण प्राधिकरणलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो । ‘भूकम्प पीडितको बसोबास निर्माणमा लाग्नुपर्नेमा प्रधानमन्त्री र मन्त्रीहरू खालि भाषणमा रमाएका छन्’ कांग्रेस नेता सिंहले आरोप लगाउँदै भन्नुभयो ।
सिंहले संविधान कार्यान्वयनमा कांग्रेसको ध्यान केन्द्रित भइरहेको पनि उल्लेख गर्नुभएको छ ।












प्रतिक्रिया