२५ कार्तिक २०८३, बुधबार

‘सरकार ढालेर जतिबेला पनि अर्को बनाउन सकिन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun Narsing KCकाठमाडौं, २७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आवश्यक परे वर्तमान सरकारलाई ढालेर जतिबेला पनि अर्को सरकार बनाउन सकिने बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता केसीले भन्नुभयो, ‘कांग्रेसले चाहेमा वर्तमान सरकारलाई जतिबेला पनि ढालेर अर्को सरकार बनाउन सक्छ । सरकार जतिखेर पनि ढाल्न सक्छौँ ।’

‘तर अहिले हामी सरकार ढाल्ने अवस्थामा छैनौँ’, कांग्रेस नेता केसीले भन्नुभयो, ‘प्रधानमन्त्रीको अहिलेको विकल्प भनेको शेरबहादुर जी हो ।’

कांग्रेसले अहिले सरकार बनाउने र गिराउने विषयमा नसोँचेको उहाँको भनाइ छ । नेता केसीले भन्नुभयो, ‘अबको यात्रा कांग्रेसले कसरी तय गर्ने भनेर छलफल गर्नुपर्ने छ । त्यस विषयमा पार्टीभित्र पहिला छलफल गर्ने छौँ । रणनीति बनाएर मात्रै अरु विषयमा सोच्छौँ ।’

सरकार ढल्छ भनेर चर्चा चलिरहेका बेला कांग्रेसका नेता केसीले वर्तमान सरकार जतिबेला पनि ढल्न सक्ने बताएका हुन् ।