८ कार्तिक २०८३, आइतबार

नेपालबाट आउने कामदार किन पैसा तिरिरहेका छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qatar ma Nepaliकाठमाडौं, २७ चैत । जतिखेर नेपाली कामदारका विषय उठ्छ, त्यतिखेर कतारी अधिकारीले सुरुमै आफ्नो स्ट्यान्ड लिइहाल्छन्, ‘कुनै पनि विदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नु पर्दैन ।’

नेपालबाट आएका सरकारी तथा उच्च राजनीतिक नेतृत्वले कतारका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोका अध्यक्षसम्म शिष्टाचार भेटघाट गर्दा नेपाल पक्षलाई अर्को कुरा भन्न उनीहरु छुटाउँदैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआऊन् भन्ने हामी चाहन्छौं ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दैनिक आफ्नो मुलुकबाट आएका कामदारको समस्यासँग जुधिरहेका नेपाली दूतावासका अधिकारीलाई कतारी निकायले अर्को प्रश्न गर्छन्, ‘नेपालबाट आउने कामदार किन पैसा तिरिरहेका छन् ?’

त्यतिमात्र होइन, उनीहरु श्रम कानुन नै पल्टाउँदै देखाउँछन्, भिसा र टिकट खरिद गरेर आएको प्रमाण भेटेमा संलग्न व्यक्तिलाई कारबाही गर्ने कडा कानुनी व्यवस्था हामीसँग छ ।’ त्यसैमा जरिवाना र जेल सजाय पाउने वर्ष पनि जोडिइहाल्छन् ।