८ कार्तिक २०८३, आइतबार

झन् कमजोर बन्दैछन् नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandraकाठमाडौं, २७ चैत । १३ औं महाधिवेशनबाट नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिना नवित्दै झनै बलियो बनेका छन् ।

लामो समयसम्म पार्टी हाँकेको कोइराला परिवारका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्व आफ्नो हातमा लिन सफल देउवा संसदीय दलको कार्यसमिति निर्वाचनमा पुग्दा निकै बलिया देखिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

संसदीय दलको कार्यसमिति निर्वाचनमा त सभापति देउवा ८० प्रतिशतभन्दा माथि देखिएका छन् । शुक्रबार भएको संसदीय कार्यसमितको निर्वाचनमा २३ मध्ये १८ पदमा देउवा पक्षधर चारजनामा चित्त बुझाएर अत्यत्यै झिनो उपस्थिति देखाउन बाध्य भएको छ ।

महाधिवेशनमा ४२ प्रतिशतको हाराहारीमा मत प्राप्त गरेका पौडेलले दलको निर्वाचनसम्म पुग्दा आफ्नो हैसियत निकै तल खस्काउन पुगेका छन् ।

संसदीय दलको नेतामा ३२ प्रतिशतमा खुम्चिएका पौडेल कार्यसमितिको निर्वाचनमा २० प्रतिशतमा झरेका छन् ।