१ कार्तिक २०८३, शनिबार

एएफसी यु-१४ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_womens_football

काठमाडौँ, २६ चैत । एएफसी चौध वर्षमुनि (यु–१४) गल्र्स रिर्जनल फुटबल च्याम्पियनसिपको लागि आज १८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

ताजकिस्तानमा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको लािग अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्राविधिक निर्देशक चियकी ताकेदा र प्रशिक्षक विनोद लामाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीमध्ये १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
छनोट हुने नेपाली टोलीमा अन्जना रानामगर, दिलकमारी रानामगर, दुर्गा खत्री, मनिसा गिरी, पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रजनी ठोकर, रज्जु खड्का, रोशनी खत्री, सबिना चौधरी, सजनी ठोकर, सलोनी रानामगर, सरिता न्यौपाने, श्रीसा कार्की, सुमित्रा सिङ पाख्ररिन, सुनु जिम्बा र उदया थापा छन् ।

उक्त प्रतियोगितामा नेपाल समूह बीमा परेको छ । त्यस्तै भारत र बङ्गलादेश पनि नेपालकै समूहमा छन् । त्यसैगरी समूह ए मा भने आयोजक ताजकिस्तान, इरान, कीर्गिस्तान र भुटान रहेका छन् ।

नेपालले आफनो पहिलो खेल आगामी वैशाख १५ गते भारतको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । काठमाडौँमा नै भएको अघिल्लो संस्करणको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो । रासस