१ कार्तिक २०८३, शनिबार

चीनले कब्जा गर्यो हिन्द महासागरका २५० टापु, भारत चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

south-china-sea_1458925386

काठमाडौं, २६ चैत । विश्वकै महाशक्तिका रुपमा उदाइरहेको चीनले हिन्द महासागरका २५० टापु कब्जा गरेको छ ।

चीनको यो पछिल्लो कदमप्रति भारत र जापानले चिन्ता जनाएका छन् । चीनसँग जोडिएको समुन्द्री सीमा विस्तार र अतिक्रमणबाट दक्षिण एशियाका देशहरु चिन्तित बनिरहेका बेला उसले हिन्द महासागरका २५० साना ठूला टापुहरुलाई आफ्नो कब्जामा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपी एशियाका शक्तिशाली देश भनिएका भारत र जापानले चीनको प्रभाव कम गर्नका लागी हर कोशिस गरिरहेका छन् । तर, उनीहरुको कोशिस सफल हुनसकेको छैन् ।

यो खबरको खुलासा एक शोध पत्र मार्फत हालै भएको हो । मैरीन समिटमा यही महिना यसको शोधपत्रको रिपोर्ट प्रस्तुत हुने स्रोतको भनाई छ । नेवी र अन्य सक्षम अधिकारिहरुले गुप्तचर संस्थाको सहयोगमा यो शोधपत्र तयार गरेका हुन् ।

मेरठ कलेजका डिफेंस स्टडी डिपार्टमेंटका एसोसिएट प्रोफेसर संजय कुमारले आफ्नो शोध पत्रमा समुद्रमा चीनको बढ्दै गएको एकल वर्चस्वलाई रेखांकन गरिएको छ । अन्तर्राष्ट्रिय जर्नल सुरक्षा चिन्तनमा प्रकाशित शोध पत्रमा डा. संजयले चीनले दक्षिणी सागरमा ठूला साना गरेर २५० वटा टापुमा आफ्नो झण्डा गाडेको बताएका छन् ।

जुन टापुहरु अहिले पूर्णरुपमा चीनको कब्जामा छन् । जसको कूल क्षेत्रफल १५ किमी छ । जसका कारण दक्षिण एशियाका देशहरु भारत, इंडोनेशिया, थाईल्याण्ड, जापान, म्यानमार र सिंगापुर चिन्तित छन् । चीनले सिमाना अतिक्रमण गर्ने क्रमलाई तिब्रता दिइरहेको छ ।