काठमाडौं, २६ चैत । भारतको बहुप्रतिष्ठित घरेलु क्रिकेट खेल इन्डियन प्रिमियर लिग (आइपीएल)को सिजन ९ आजदेखि मुम्बईमा सुरु हुँदैछ ।
मुम्बईको वर्लीमा साँझ ७ः३० बजे हुने उदघाटन कार्यक्रममा बलिउडले धुम मच्चाउनेछन् । बलिउड स्टार कटरिना कैफ, रणवीर सिंह, ज्याकलिन फर्नान्डेज र योयो हनी सिंहको प्रस्तुति उदघाटन समारोहमा मुख्य आकर्षणका रुपमा रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कार्यक्रममा पहिलो पटक अमेरिकी पप स्टार क्रिस ब्राउनले पनि प्रस्तुति दिने र उनको साथमा ब्याण्ड म्यानेजर मेजर लेजर, इंग्ल्सि र्यापर फ्युज ओडिजी र रेकर्डिङ आर्टिस्ट नेलाह थोरबोर्नले पनि प्रस्तुति दिनेछन् ।
९ औ सिजनको आइपीएलमा केही परिवर्तन भएका छन् । जसअन्तर्गत बेटिङ प्रकणमा चेन्नाई सुपरकिंग र राजस्थान रोयल्स निलम्बनमा परेपछि यसपटक उनीहरुको स्थानमा दुई नयाँ टोली थपिएका छन् ।
सिजन ९ को पहिलो खेल भोलि मुम्बई इन्डियन्स र नयाँ टोली राइजिङ पुने सनराइजर्सबीच हुनेछ । दोस्रो खेल शनिबार कोलाकाता नाइट राइडर्स र दिल्ली डेयरडेविल्सबीच हुनेछ ।
कुल ५६ खेल हुने यसपालीको आइपीएलमा २४, २५ र २७ मे का दिन प्लेअफ खेल हुनेछ । आइपीएलको फाइनल खेल २९ मेमा मुम्बईमा हुने समाचारमा जनाइएको छ ।
को–को छन् टिम ?
1) दिल्ली डेयरडेविल्स
2) गुजरात लायंस
3) किंग्स इलेवन पंजाब
4) कोलकाता नाइटराइडर्स
5) मुंबई इंडियंस
6) राइजिंग पुणे सुपरजाइंट्स
7) रॉयल चैलेंजर्स बेंगलुरु
8) सनराइजर्स हैदराबाद
















प्रतिक्रिया