१ कार्तिक २०८३, शनिबार

रियल मड्रिडलाई लाग्यो झट्का, उल्फबर्गसँग क्वाटरफइनलमै हार्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Real-Madrid

काठमाडौं, २५ चैत । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमै रियल मड्रिडलाई ठूलो झट्का लागेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा जर्मन क्लब उल्फबर्गले पाहुना टोली रियललाई २–० गोल अन्तरले पराजित गरेको छ । हारसँगै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर भएपछि रियललाई झट्का लागेको हो ।

Real Madrid talisman Cristiano Ronaldo

खेलको १८ औँ मिनेटमा रिकार्डो रोर्डिगेजको गोलबाट उल्फवर्गले सुरुवाती अग्रता लिएको थियो । खेलको २५ औँ मिनेटमा आर्नोल्डले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

Wolfsburg_players_are_in_dreamland_after_Maximilian_Arnold_769383670

पहिलो हाफ २–० मा टुंग्याएको उल्फबर्गले दोस्रो हाफमा गोल गर्न सकेन भने रियलबाट त एउटा पनि गोल फर्काउन खेलाडीहरु असफल भए । गोल गर्ने मौका पाएपनि रियलले सदुपयोग गर्न नसक्दा अप्रत्यासित हार व्यहोर्नुपर्यो ।

जितसँगै जर्मन टोली उल्फबर्गले पहिलो लेगमा दुई सून्यको अग्रता लिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि रियल मड्रिडले दोस्रो लेगमा आफ्नो घरेलु मैदान सान्टियागो वर्नबाउमा उल्फबर्गलाई कम्तिमा ३–० गोल अन्तरले पराजित गर्नुपर्नेछ ।