काठमाडौं, २४ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।
मतगणनामा शेरबहादुर केसी नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता कायमै राखेको छ । अध्यक्षमा शेरबहादुर केसीले ८ सय ५८ मत पाएका छन् भने वामपन्थी गठबन्धनका विजयकान्त मैनालीले ७ सय १६ मत पाएका छन् ।
महासचिवमा केसी समूहका खम्बबहादुर खातीले ७ सय ८९ मत पाएका छन् भने मैनाली समूहका दीनमणि पोखरेलले ७ सय २३ मत पाएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा केसी समूहका ज्ञानरत्न शाक्यले ७ सय ९८ मत पाएका छन् भने मैनाली समूहका हरिबहादुर खड्काले ६ सय ९४ मत पाएका छन् ।
नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको निर्वाचनको सम्पूर्ण मत परिणाम भोलिसम्म सार्वजनिक हुने बताइएको छ ।












प्रतिक्रिया