२५ कार्तिक २०८३, बुधबार

प्रचण्डलाई भेट्ने बिहानै घरमा पुगेका फ्रान्सेली राजदूतले के भने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_French_ambassadorकाठमाडौं, २४ चैत । भारत र युरोपियन युनियनले संयुक्त वक्तव्य जारी गर्र्दै नेपालको संविधानमा आवश्यक सुधार गर्न सुझाव दिएलगत्तै नेपालले आपत्ति जनाएपछि युरोपियन युनियनमा आबद्ध देशका राजदूतहरुको दौडधूप शुरु भएको छ ।

युरोपियन युनियनमा आबद्ध दलका राजदूतहरुले हिजो परराष्ट्रमन्त्रीलाई भेटेलगत्तै फ्रान्सका राजदूत एभेस करमोनले बुधबार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहालको निवास लाजिम्पाटमा पुगेका फ्रान्सेली राजदूत एभेस करमोनले नेपालको संविधान फ्रान्सको भन्दा प्रगतिशील रहेको बताएका छन् । उनले फ्रान्सले नेपालको संविधानलाई पूर्णरुपमा समर्थन गरेको समेत बताएका छन् ।

भेटवार्ताका क्रममा अध्यक्ष दाहालले राजदूत करमोनसँग भारत र इयुले जारी गरेको संयुक्त विज्ञप्तिबारे फ्रान्सको धारणा मागेपछि उनले नेपालको संविधान प्रगतिशील रहेको र यसलाई फ्रान्सले पूर्ण समर्थन गरेको बताएका हुन् ।

त्यस क्रममा दाहालले नेपाल भिन्न परिस्थितिबाट गुज्रिरहेको र देशका समस्या विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिरहेको बताए । उनले संविधानमा सबै क्षेत्रलाई समेटिएको भन्दै अझै धेरै विषय कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताएका थिए ।
भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको भन्दै नेपालले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।