२५ कार्तिक २०८३, बुधबार

गुन्डानाइके सिंह पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadi Pakrauकाठमाडौं, २४ चैत । प्रहरीले गुन्डानाइके विश्वक्रान्ति सिंहलाई पक्राउ गरेको जनाएको छ ।  ललितपुर प्रहरी परिसरले हतियारसहित सिंहलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले सिंहलाई पक्राउ गरेको बताए । सिंहलाई पक्राउ गरेका विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ ।

हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दीमा संलग्न सिंह केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा समेत परेका थिए ।

प्रहरीलाई घुस दिन मध्यस्कर्ताको भूमिका खेलेको भन्दै उनी पक्राउ परेका थिए । पछि अख्तियारले उनलाई छाडेको थियो ।