१६ कार्तिक २०८३, सोमबार

मोटरसाइकलले ठक्कर दिँदा कान्छीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kavre-District-Mapबनेपा, २२ चैत । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा५८प ३२११ नंको मोटरसाइकलले बाटोमा हिँडिरहेको अवस्थामा धुलिखेल नगरपालिका–६ बस्ने कान्छी तामाङलाई ठक्कर दिएको थियो ।

गम्भिर घाइते भएकी तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल चालक दिनेश श्रेष्ठलाई नियन्त्रणमा लिएको र अनुसन्धान जारी रहेको जनाएको छ । रासस