काठमाडौं, २१ चैत । इंग्ल्याण्डलाई चार विकेटले पराजित गर्दै वेष्ट इण्डिजले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
कोलकाताको इडेन गार्डेनमा आइतबार राति सम्पन्न फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले दुई बल बाँकी छँदै भेट्टायो ।
अन्तिम ओभरमा १९ रन चाहिएको वेष्ट इण्डिजका लागि ब्राथव्हाइटले वेन स्टोक्सको बलमा लगातार चार छक्का हानेका थिए । जसले हारिसकेको खेलमा वेष्ट इण्डिजले चामत्कारिक जित हात पार्यो ।
मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए ।
खराब सुरुवात खरेको वेष्टइण्डिजले ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, डवेन ब्राभो र सामुअलले व्याटिङ सम्हाले । ब्राभोले २५ रन बनाए । आन्द्र रसेल १ र डवेन सामी मात्र २ रनमा आउट भए ।
यसअघि इडेन गार्डेनमा टस हारेर व्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि जोस बटलरले ३६ रन बनाए । डेभिड विलीले १४ बलमा २१ रन बनाए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
















प्रतिक्रिया