१ कार्तिक २०८३, शनिबार

वेष्ट इन्डिजले जित्यो महिला टी-२० विश्वकपको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-world-cup

काठमाडौं, २१ चैत । भारतमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत महिलातर्फको उपाधि वेष्ट इण्डिजले जितेको छ ।

यो जितसँगै वेष्ट इन्डिजले पहिलोपटक महिलातर्फ विश्वकपको उपाधि जितको हो ।

आइतबार दिउँसो कोलाकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै वेष्ट इन्डिजले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले इलिस गिलानी र मेग लेनिङ्गको ५२–५२ रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनायो ।

१४९ रनको लक्ष्य वेष्ट इन्डिजले खेल सकिन ३ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो । वेष्ट इन्डिजकी हेले म्याथ्युजले सर्वाधिक ६६ रन बनाइन् । स्टाफेनी टेलेरले ५९ रन जोडिन् ।