१६ कार्तिक २०८३, सोमबार

ठमेलमा अमेरिकी युवतीले गरिन आत्महत्या प्रयास, प्रहरीले बचायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thamel-650x432

काठमाडौं, २१ चैत । राजधानीको पर्यटकीय नगरी ठमेलमा आत्महत्या गर्न लागेकी एक २४ वर्षीया अमेरिकी युवतीलाई प्रहरीले उद्दार गरेको छ ।

ठमेलमा रहेको तारा होटलको पाचौँ तल्लाबाट हाम फाल्न लागेकी क्रिष्टि अनसेन नोकोललाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेले उद्धार गरेको हो ।

होटल संचालकले ती युवतीले आत्महत्या गर्न लागेको सुइँको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । होटल संचालकका अनुसार ती युवतीले शनिवार साँझ पनि आत्महत्या गर्ने प्रयास गरेकी थिईन ।

बिहान पौने ७ बजे होटल संचालकले फोन गरेपछि डिएसपी सोमेन्द सिंह राठौर सहित प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

उनले किन आत्महत्या गर्न लागेको भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी राठौरले बताए । उनी लागू औषध दुब्र्यसनी भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।