काठमाडौं, २१ चैत । कांग्रेसको सभापतिमा शेरबहादुरलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न रामचन्द्र पौडेल पक्षधर नेता नै अग्रसर भएका छन् ।
यसपटक सर्वसम्मत रुपमा सभापति देउवालाई संसदीय दलको नेता चयन गरी पार्टी एक भएको सन्देश दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
१३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएका पौडेल पक्षधर केन्द्रीय सदस्य शेखर कोइरालाले देउवालाई नेता बनाउने कार्यको अगुवाई गरेका छन् ।
कोइरालाले दलको नेतामा उठ्ने मनस्थिति बनाएका पौडेललाई समेत भेटेर देउवालाई सर्वसम्मत बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई समेत भेटेर देउवादलाई नै दलको नेता निर्वाचित गराउनुपर्ने धारणा राखेका छन् । २४ चैतमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया