सुर्खेत, २१ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एमालेको युवा संघ र एमाओवादीको वाईसीएलका कालो झन्डा बोकेका कार्यकर्ताले सुर्खेतमा घेराबन्दी गरी नारा लगाएका छन् ।
पार्टीको कार्यक्रमका लागि शनिवार वीरेन्द्रनगर पुगेका यादवविरुद्ध मधेस आन्दोलनका नाममा देशलाई नै ठप्प हुने गरी नाकावन्दी गरेको र भारतको इशारामा चलेको भन्दै युवाले प्रदर्शन गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटेलमा खाना खाना पुगेका यादव युवाको विरोधले अवस्था तनावपूर्ण बनेपछि खाना नखाई बाहिरिएका थिए ।
पार्टीको खसान प्रदेशको समायोजन भेलाको उद्घाटन गर्न यादव सुर्खेत आउने जानकारी पाएपछि युवा संघ र वाईसीएलका कार्यकर्ता बिहानैदेखि कालोझन्डा लिएर बसेका थिए ।
यादव होटेलमा पुगेलत्ततै युवाले कालोझन्डा देखाउँदै यादव र मधेसवादी दलविरुद्ध नाराबाजी समेत गरेका थिए । युवाको घेराबन्दीमा परेपछि यादव निरीह बनेका थिए ।
प्रहरी नजिकै भएपनि कुनै प्रतिक्रिया नजनाएको गुनासो फोरमका कार्यकर्ताले गरेका छन् ।















प्रतिक्रिया