वासिङ्टन, १९ चैत । चिनियाँ राष्ट्रति सि जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच बिहीबार भेटवार्ता भएको छ ।
उहाँहरुबीच दुई देशबीचको सम्बधलाई थप सुदृढ बनाउने विषयमा आवश्यक छलफल एवम् परामर्श भएको बताइएको छ ।
दुवै देशका आपसी र साझा हितका विषयलाई अझ गहिरो रुपमा विकास र विस्तार गर्ने तथा विभिन्न क्षेत्रहरुमा सहयोगको मार्ग प्रसस्त गर्ने बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ ।
आणविक सुरक्षा सहयोग, सामुद्रिक कानुनका साथै उर्जा र अन्य आर्थिक विषयमा सहयोग अभिबृद्धि गरिने विषयमा आवश्यक परामर्श भएको पनि वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ् आणविक विषयमा आयोजना गरिएको सम्मेलनमा सहभागिताका लागि अमेरिका पुग्नुभएको छ ।
अमेरिकामा विभिन्न देशका नेता सो सम्मेलनमा सहभागिताका लागि जम्मा भएका छन् । यसै समयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
कोरिया समस्या समाधानका लागि आग्रह
यसैबीच चिनियाँ राष्ट्रपति सिले कोरियामा हालैका दिनमा जारी रहेको समस्याको समाधानका लागि विश्वका सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो– कोरियाली प्रायद्वीपमा हालैका दिनमा जारी रहेको तनावलाई समयमै कमगर्न र क्षेत्रीय रुपमा शान्तिमा उत्पन्न हुनसक्ने असहज परिस्थितिलाई कमगर्न सबैले मिलेर केही गर्नु जरुरी छ ।
अन्यथा यस विषयले क्षेत्रीय रुपमा नै तनाव उत्पन्न गर्नेछ र जसका कारण विश्वलाई नै यो टाउको दुखाई बन्ने भएकोले आणविक सस्त्राश्त्रको प्रयोगलाई हटाउन सबैको प्रयास र सहयोग आवश्यक छ ।
यसअघि आजै उत्तर कोरियाले चीनलाई शत्रु राष्ट्र घोषित गरेको थियो । उत्तर कोरियाको आणविक परीक्षणविरुद्ध एकैसाथ अघि बढ्न अमेरिका र चीनबीच सहमति भएलगत्तै उत्तर कोरियाले चीनलाई शत्रु राष्ट्र घोषित गरेको थियो । उसले चीनमा आणविक युद्ध गर्ने चेतावनी पनि दिएको थियो । रासस/सिन्ह्वा
















प्रतिक्रिया