१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-volleyball (2)

काठमाडौँ, १९ चैत । सशस्त्र प्रहरी महानिरीक्षक ‘तेस्रो राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको भलिबल कोटमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

एपिएफले प्रहरीमाथि पहिलो सेट २५-८, दोस्रो सेट २५–२३ र तेस्रो तथा अन्तिम सेट २५ –२० ले पराजित ग¥यो । उपाधिसहित एपिएफले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्यो ।

Mahila-volleyball (1)

त्यसैगरी उपविजेतामा चित्त बुझाएको प्रहरीले रु एक लाख २५ हजार पायो भने तेस्रो स्थान हासिल गरेको पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घले रु ५० हजार प्राप्त ग¥यो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले आयोजना गरेको उक्त प्रतियोगिताका विजेता टोलीलाई एपिएफका प्रहरी महानिरीक्षक दुर्जकुमार राईले एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो ।

यही चैत १५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीको सहभागिता रहेको थियो । रासस