
काठमाडौं, १९ चैत । रेमिटेन्स सेवा प्रदायक नेपालको एक नम्बर रेमिटेन्स कम्पनी आइएमई लिमिटेड, आईएमई को–अपरेटिभ्स सर्भिस लिमिटेड र आइएमई अटोमोटिभ्सको संयुक्त आयोजनामा ‘रेमिटेन्समा सहकारीको भूमिका’ विषयक एकदिवसीय कार्यशाला गोष्ठी हालै इलाममा सम्पन्न भएको छ ।
सहकारी विभागका रजिष्ट्रार काशीनाथ मरासिनीको प्रमुख आथित्यतामा सम्पन्न उक्त गोष्ठीमा सहकारी विभागका उप–रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, केन्द्रीय चिया सहकारी संघका अध्यक्ष, डिभिजन सहकारी कार्यालय झापा र इलामका प्रमुख एवम् आइएमई को–अपरेटिभ्स सर्भिस लिमिटेडका संचालक एवम् बरिष्ठ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

औपचारिक र अनौपचारिक गरि दुई सत्रमा विभाजित औपचारिक सत्रको अध्यक्षता आइएमई को–अपरेटिभ्स सर्भिस लिमिटेडका कार्यकारी अध्यक्ष श्री योगेश्वर शर्मा ढकालले गर्नुभएको थियो ।
सहकारी सेवाको विविधिकरणमा रेमिटेन्सको भूमिका अहिले झन्झन् बढ्दै गएको भन्दै अध्यक्ष ढकालले सवै सहकारीसँग सहकार्य गर्दै अघि बढन आइएमई को–अपरेटिभ्स सर्भिस लिमिटेडले नेपालको नम्बर १. रेमिटेन्स कम्पनी आइएमईको मुख्य प्रतिनिधि भई देशभरका सहकारीबाट आम सेवाग्राहीलाई रेमिटेन्स सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई संबोधन गर्ने क्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेले रेमिटेन्स र सहकारी दुवै सेवा उधोग भएकाले कामका प्रकृति मिल्दाजुल्दा हुन्छन् त्यसैले गाउँगाउँसम्म सहकारी संजाल मार्फत् रेमिटेन्स सेवा विस्तार गर्न आइएमईले आइएमई को–अपरेटिभ्स सर्भिस लिमिेटेडलाई मुख्य प्रतिनिधि नियुक्त गरि नेपालका ग्रामिण क्षेत्रमा आइएमई सेवाको पहुँच विस्तार गर्न आइएमई प्रतिवद्ध रहेको बताउनुभयो ।

मेची अंचलका चार जिल्ला एवम् कोशीका दुई सुनसरी र मोरंगका कूल १ सय ४ सहकारीको सहभागिता रहेको उक्त कार्यशाला गोष्ठीमा ‘सहकारी सिद्वान्त र प्रयोग’ बिषयमा सहकारी विभागका रजिष्ट्रार काशीनाथ मरासिनी, ‘सहकारीको अवधारणा, मूल्य र सिद्वान्तहरु’ विषयमा सहकारी बिभागका उप–रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, ‘सहकारी सेवाको विविधिकरणमा रेमिटेन्सको भूमिका’ विषयमा आइएमई लिमिटेडका प्रवन्धक राजु पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने आइएमई अटोमोटिभ्स लिमिटेडका लेखा नियन्त्रक दामोदर खनालले सहकारी मार्फत् कृषि औजारको वितरण गरि कृषि उत्पादकत्व वृद्विमा आफु सम्बद्व कम्पनी कार्यरत रहँदै आएको जानकारी गराउनु भएको थियो ।
प्रस्तुत भएका कार्यपत्रमा ब्यापक छलफलपछि सम्पूर्ण सहकारीमा रेमिटेन्स सेवालाई सजिलोसँग प्रवद्र्धन गर्न सकिने निष्कर्ष प्रस्तुत भएको थियो ।















प्रतिक्रिया