१ कार्तिक २०८३, आइतबार

रसुवामा विकास फैलाउँदै सासंद् ढकाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak (1)

रसुवा, १९ चैत । पछिल्लो वर्षयता रसुवामा प्रत्यक्ष निर्वाचित सासंद् जनार्दन ढकालको प्रयासमा विकासको ढोकाहरू खुल्दै गएका छन् ।

रसुवा आफैंमा बागमती अञ्चलको कर्णालीका रुपमा चिनिएको थियो । हालसम्म करोडमाथिका योजना आएका थिएनन् । तर, जिल्लाबाट निर्वाचित तथा विकासप्रेमी नेता जनार्दन ढकाल अहिले गाउँगाउँमा विकास निर्माण गर्न अहोरात्र खटिरहेका छन् ।

सांसद् ढकालको पहलमा गाउँगाउँमा सडक, खानेपानी, विद्यालय तथा सामुदायिक भवनलगायतका विकास निर्माणको कामले तिव्रता पाउँदै छ । जिल्लाको हरेक गाउँमा सडक, बिजुली, खानेपानी र अन्य क्षेत्रको विकास गर्नको लागि दिन–रात सासद जनार्दन ढकाल खटिइरहेका छन् ।
सासंद् ढकालकै प्रयासमा अर्थमन्त्रालयबाट करोडौं बजेट विनियोजन भई सडक निर्माण तथा भवन निर्माणको कामहरू अघि बढेको छ । सासद् ढकालका अनुसार कोलेडाँडा–आपचौर–चिति–खाल्चेत–किचार्जुङ्ग–घुम्ती सडक कालोपत्र गर्नको लागि २० करोड ५१ लाख, ठूलो भार्खु–ठूलो स्याफ्रु सडक कालोपत्रे गर्न ८ करोड ६२ लाख र ठूलो भोर्ले–बाँसभन्ज्याङ–पार्टीखर्क–पार्च्याङट्रयाक खोल्नको लागि ३ करोड रुपियाँ विनियोजन भएको छ ।

Sadak (2)

यस्तै धैबुङ ५ कालिकास्थानमा सभाहलसहित एकीकृत सेवा केन्द्र भवननिर्माणगर्नको लागि ८ करोड बजेट विनियोजन भएको छ । यसको निर्माण कार्य सुरु भएको छ । यस्तै रोङ्गा–गोल्जुङ–गत्लाङ सडकको लागि ४ करोड २० लाख रुपियाँ विनियोजन भएको छ ।

यीबाहेक सासंद् ढकालकै प्रयासमा गल्छी–मैलुङ्ग–स्याफ्रुबेशी सडकका लागि १ अर्ब १० करोड ३४ लाख विनियोजन भएको छ । यसको निर्माण जिम्मा नेपाली सेनाले लिएको छ । २ वर्षभित्रदुई लेनको सडकनिर्माण गरी चीन–नेपालको व्यापारलाई तिव्रता दिनको लागि यो सडक महत्वपूर्ण हुने बताइएको छ । यसले रसुवाका जनताको मुहार त फेरिने नै छ साथै राष्ट्रिय विकासमा समेत ठूलो योगदान पुग्नेछ ।

यस्तै स्याउबारी–लौकिल–यार्सा सडकको लागिपनि सासंद् ढकालको पहलमा १५ करोड, बेत्रावती–कालिकास्थान–धुन्चे सडकको स्तरोउन्नतीको लागि १२ करोड बजेट विनियोजन भएको छ । साथै रसुवामा एकीकृत भन्सार स्थापनागर्नको लागिपनिकरिव १ अर्ब रुपियाँ विनियोजन भई निर्माणकार्य सुरु भएको छ । यस्ता योजनाले जिल्लामा खुशीको संचार छाएको छ ।

नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचितभएका विकास प्रेमी सासंद् जनार्दन ढकालले चुनावमा जनतासँग गरेका बाचाहरू पुरा गर्दै भएको र जनतालाई खुसी बनाउन अहोरात्र खटिरहेको स्थानीय बासिहरू बताउँछन् । रसुवाबासी भन्छन्, हामीले अपेक्षा गरेको भन्दापनि ठूलाठूला विकासका मुलहरू जिल्लामा सासंद् ढकालले ल्याइएरहेका छन् जुन हामी रसुवाको लागि ज्यादै गौरवको विषय हो ।

सासंद् ढकाल भन्छन्, म रसुवाका जनताको चाहना पुरा गर्न र रसुवाको विकास गर्नको लागिजुनसुकै कामगर्नको लागि अहोरात्र खटिने छु, मेरो सपना छ रसुवा समृद्ध बनाउने ढकालले भने । उता यार्सामा सडक पुर्याउन आयोजना सुचारु भएपछि स्थानीय निकै उत्साहित भएका छन् ।

‘सभासद ढकालले प्राथमिकतामा राखेर योजना छनौट भएपछि चाँढै गाउँमा मोटर गुढ्ने भयो’ स्थानीय लायुल तामाङले भने ‘गाउँले धेरै खुशी भएर सडक निर्माणमा जुटेका छन् चाँढै हाम्रो दुर्गम गाउँमा पनि गाडी पुग्छ । ’