१ कार्तिक २०८३, शनिबार

चीन शत्रु राष्ट्र भएको उत्तर कोरियाको घोषणा, आणविक आँधीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korea_china_2एजेन्सी, १९ चैत । उत्तर कोरियाले चीनलाई शत्रु राष्ट्र घोषित गरेको छ । उत्तरकोरियाको आणविक परीक्षणविरुद्ध एकैसाथ अघि बढ्न अमेरिका र चीनबीच सहमति भएलगत्तै उत्तर कोरियाले चीनलाई शत्रु राष्ट्र घोषित गरेको हो । उसले चीनमा आणविक युद्ध गर्ने चेतावनी पनि दिएको छ ।

चीनले समाजवादको सिद्धान्तलाई धोका दिएको उत्तर कोरियाको ठहर छ । उत्तर कोरियाली नेता किम जोङ उनले चीन अब शत्रु देशको कित्तामा गएको भन्दै चीनलाई उत्तर कोरियाले आणविक आँधीको चेतावनी दिएका छन् ।

उत्तर कोरियाले अब चीनसँग भिड्नुपर्ने भन्दै आफ्ना सैनिकलाई तयार रहन निर्देशनसमेत दिएको दक्षिण कोरियाको डेली एनके भन्ने पत्रिकाले जनाएको छ । उत्तर कोरियाली वर्कर्स पार्टीका कार्यकर्ता तथा सैनिक अधिकारीलाई बाँडिएको दस्तावेजमा ‘सबै पार्टी सदस्य तथा कार्यकर्ताहरु समाजवादलाई धोका दिन चीनलाई निमिट्यान्न पार्न गम्भीररुपमा एकबद्ध हुनुपर्दछ’ भनिएको छ ।

चीन उत्तर कोरियाको निकट मानिँदै आएको थियो । यसअघि सन् १९५० देखि ५३ सम्म भएको कोरियाली युद्धमा चीनले उत्तर कोरियालाई साथ दिएको थियो ।