काठमाडौं, १८ चैत । टी-२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा भारत घरेलु मैदानमा वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको छ ।
भारतलाई हराएको वेष्ट इण्डिज जितसँगै फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि इंग्ल्याण्डको सामाना गर्नेछ ।
मुम्बईमा टस हारेर व्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाएर १९२ रनको बनाएको थियो ।
जवाफी व्याटिङ गरेको वेष्ट इण्डिजले अन्तिम दुई बल बाँकी छँदा ३ विकेट गुमाएर १९३ रनको लक्ष्य पुरा गर्यो ।
वेष्ट इण्डिजका लागि लेन्डल सिमोन्सले सर्वाधिक ८३ रन बनाए । ८१ बल खेलेका उनले ६ चौका र ५ छक्का हाले । उनलाई साथ दिएका जोनसन चार्ल्सले ५२ रन जोडे भने आन्द्र रसेलले २० बलमा ४ चौका र ४ छक्का हान्दै ४३ रन बनाए । अन्तिम(पाँचौ) ब्याट्सम्यानका रुपमा क्रिजमा उभिएका रसेलले ५ बलमा ७ रन चाँहिएको अवस्थामा छक्का हानेर टिमलाई जिताएका थिए ।
चर्चामा रहँदै आएका क्रिस गेल सुरुमै ५ रनमा आउट भए ।
यसअघि विराट कोहलीको सर्वाधिक ८९ रनको योगदानमा १९२ रनको योगफल तयार पारेको भारतका क्रिकेटरले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । म्याचमा ४६ बल खेलेका कोहलीले १० चौका र १ छक्का प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै भारतका लागि ओपनर रोहित शर्मा र अजेन्का रहाणेले पहिलो विकेटका लागि ७.२ ओभर खेले । शर्माले ३१ बल खेल्दै ३ चौका र ३ छक्कासहित ४३ रन बनाए । यस्तै रहाणेले ३५ बलमा ४० रन बनाएर आउट भए । कप्तान महेन्द्र सिंह धोनीले १५ रन बनाए ।
वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १–१ विकेट लिए ।
















प्रतिक्रिया