१ कार्तिक २०८३, शनिबार

भारतमा फ्लाईओभर भत्किँदा पाँचको मृत्यु, कैयौँ पुरिएको आशङ्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-kolkata

नयाँ दिल्ली, १८ चैत । भारतको कोलकातामा बिहीबार फ्लाईओभर(आकासेपुल) भत्किँदा कम्तीमा पनि पाँचजनाको ज्यान गएको समाचार छ ।

भारतीय उत्तरी राज्य कोलकातामा निर्माणाधीन अवस्थामा रहेको सो आकासे पुल भत्किँदा पाँचको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुकाअनुसार भत्किएको सो स्थानमा कैयौँ व्यक्ति पुरिएर रहेका पाइएको बताइएको छ । उक्त भत्किएको संरचनाबाट कम्तीमा पनि पाँच वटा शव निकालिएको छ ।

त्यसभित्र कतिजना व्यक्ति पुरिएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको बताइएको छ । बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ ।

india

कैयौँ व्यक्तिलाई उद्वार गरी नजिकैको अस्पतालमा पु¥याइएको छ । अस्पतालमा भर्ना भएका व्यक्तिको अवस्था पनि निकै नै गम्भीर रहेको बताइएको छ ।

पुरिएकामा उक्त पुल निर्माण कार्यमा सम्लग्न मजदुरहरु नै बढी मात्रामा रहेका देखिएको छ । स्थानीय टेलिभिजन च्यानलहरुले उक्त निर्माण कार्यमा सम्लग्न व्यक्तिहरु धेरै चेपुवामा परेका बताएका छन् ।

अहिले उक्त स्थानमा उद्वारको कार्य भइरहेको छ । टिभी च्यानलहरुले घटनास्थलमा धुवाँ उडेको र ठूलो सङ्ख्याका नागरिक उद्वार कार्यमा सम्लग्न भएका देखाएका छन् । रासस/एएफपी