१६ कार्तिक २०८३, सोमबार

सर्पको टोकाईबाट एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti_district– झलक पाली
डोटी, १८ चैत । डोटीमा सर्पको टोकाईबाट विहीबार एक महिलाको मृत्यु भएको छ ।

पचनाली गाउँ विकास समिति वडा नं. ३ चिउडी घर भएकी वर्ष ४२ की राजु टमटाको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

टमटा खेतबारीमा घाँस काट्ने बेलामा सर्पले दायाँ खुट्टामा टोक्दा उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा पु¥याईएको थियो ।

उनको उपचारकै क्रममा दिउँसो ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा सर्पले टोकेपछि लगाउने ईन्जेक्शन एन्टी भेनम नहुँदा उपचार अभावमा बेला–बेलामा विभिन्न मानिसको अकालमै ज्यान जाने गरेको छ ।