१६ कार्तिक २०८३, सोमबार

प्रतिष्ठानका कार्यकारी निर्देशकको राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Youberaj-bhusal

काठमाडौँ, १८ चैत । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक युवराज भुसालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

भुसालले आज यहाँ पत्रकार सम्मेलन गरी २०७२ माघ ८ गतेको मन्त्रिपरिषद्को बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णयअनुसार पदबाट राजीनामा दिएको बताउनुभयो ।

शाखा अधिकृतदेखि सचिवसम्म ३४ वर्ष गरेको सेवाबाट प्राप्त निवृत्तिभरण त्याग्न नसक्ने स्पष्ट पार्दै निर्देशक पद त्यागेको उहाँले घोषणा गर्नुभयो । भुसालले सरकारको निर्णयको सम्मान गर्दै चैत ३० गतेदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएको जानकारी दिनुभयो ।

आफूले लिएको सेवा सुविधाका सम्बन्धमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको फैसला भएपछि सोही बमोजिम आफूले निर्णय लिने उहाँले स्पष्ट पार्नुभयो ।