१६ कार्तिक २०८३, सोमबार

प्रेस चौतारी राससमा गौतम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari

काठमाडौँ, १८ चैत । प्रेस चौतारी नेपाल राष्ट्रिय समाचार समिति (रासस) शाखाको आज सम्पन्न दोस्रो अधिवेशनले कृष्णराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनले शाखाका उपाध्यक्षमा तिलक भुसाल, सचिवमा अभिलाषा पोखरे र कोषाध्यक्षमा शर्मिला पाठक तथा सदस्यमा मुना भण्डारी र कमला पौडेल निर्वाचित हुनुभएको छ । एक सदस्य मनोनयन हुन बाँकी छ । अधिवेशनले शाखाका सल्लाहकारमा श्याम रिमाल, तीर्थ भट्टराई, प्रकाश सिलवाल र कालिका खड्कालाई चयन गरेको तथा केन्द्रीय प्रतिनिधिमा रिमाल र खड्कालाई पठाएको छ । यस्तै राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिको उपर्युक्त पदमा शाखाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सिलवाललाई अघि बढाउन अधिवेशनले पारित गरेको छ । उहाँ प्रतिष्ठान अञ्चल कमिटीका अध्यक्ष भएकाले स्वतः केन्द्रीय प्रतिनिधि हुने व्यवस्था छ ।

Press-chautari-rss

बन्द सत्रमा प्रेस चौतारीका केन्द्रीय सल्लाहकार गणेश बस्नेतले सङ्गठनको सुदृढीकरणमा नयाँ कार्यसमितिले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । बन्द सत्रको अध्यक्षता गर्दै केन्द्रीय सचिव गणेश पाण्डेले सरकारी स्वामित्वमा रहेको राससको सेवालाई प्रभावकारी बनाउनका लागि संस्थागत सुधारमा नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभयो ।

चौतारी केन्द्रीय सदस्य तथा प्रतिष्ठान इन्चार्ज सुरोजङ्ग पाण्डेले राससमा कार्यरत श्रमजीवी पत्रकारको व्यावसायिक सीप अभिवृद्धिका लागि काम गर्न सुझाव दिनुभयो । चौतारीका केन्द्रीय सदस्य एवम् लुम्बिनी अञ्चल इन्चार्ज भरत केसीले राससमा कार्यरत पत्रकार तथा कर्मचारीको श्रीवृद्धिका लागि योजनाबद्ध ढङ्गले अन्य सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभयो । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गर्नुभएको थियो । रासस