१६ कार्तिक २०८३, सोमबार

८ कक्षाको परीक्षा सकिएपछि शान्ता चौधरीले के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shanta-chaudhary

काठमाडौं, १८ चैत । कक्षा ८ को परीक्षा दिइसकेपछि पूर्व सांसद शान्ता चौधरीले सबैलाई धन्यवाद दिएकी छिन् ।

उनले दाङको एक विद्यालयबाट भर्खरै कक्षा ८ को परीक्षा दिएकी हुन् ।

परीक्षा सकिएपछि उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्तो प्रेरणा आगामी दिनमा पनि मिलोस भनेकी छिन् ।

‘जीवनको मध्यान्तरमा आएर मैले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिईरहँदा बिभिन्न कोणबाट मलाई प्रेरणा दिनुहुने, प्रोत्साहित गर्नुहुने र निर्धक्क परीक्षा दिन सक्ने वातावरण सिर्जना गर्न सघाउने आदरणीय शिक्षकबर्ग, बिद्यार्थी साथीहरु, शुभचिन्तक साथीहरु, मेरो घरपरिबार र आफन्तजन तथा बिभिन्न संचारमाध्यम र संचारकर्मी मित्रहरु, प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । शैक्षिक जीवनका आगामी दिनहरुमा यो प्रेरणा मिलिरहोस् ।’ उनको धारणा छ ।