
बनेपा, १८ चैत । काभ्रेपलाञ्चोकमा चालु आवको मङ्सिर १० गतेदेखि अहिलेसम्म भएका भिन्दाभिन्दै सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
सो अवधिमा ५१ जना घाइते भएका थिए । उनीहरुमध्ये १६ जना गम्भीर रुपमा घाइते भएका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
फरक स्थान तथा मितिमा जिल्लाका विभिन्न ठाउँमा २५ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेन्द्रनाथ वास्तोलाले जानकारी दिनुभयो ।
दुई महिनाको अवधिमा भएका ट्राफिक कारबाहीबाट कुल रु पाँच हजार ३९८ राजस्वसमेत सङ्कलन भएको छ । प्रहरी उपरीक्षक वास्तोलाले दुर्घटना न्यूनीकरणका लागि चालक तथा यात्रुलाई सचेतनामूलक कार्यक्रम, नियमित मापसे जाँच लगायतका कामसमेत भइरहेको बताउनुभयो । रासस












प्रतिक्रिया