काठमाडौं, १८ चैत । प्रमुख दल सम्बद्ध विद्यार्थी संगठनहरूले कालोबजारी र महँगी विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
काठमाडौंमा आज बसेको आधा दर्जन बढी विद्यार्थी संगठनको बैठकले भोलि शुक्रबार दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि कालोबजारी र महँगी विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
चैत २१ गते मुलुकभरिका सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय भएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनहरूको संयुक्त बैठकले स्ववियुको चुनाव त्रिबि र सबै विश्वविद्यालयहरूसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।
निजी शैक्षिक संस्थाले लिइरहेको मनपरी शुःल्कका विषयमा शिक्षामन्त्रीलाई २२ गते ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेका विद्यार्थी संगठनहरूले विगतमा भएका सहमति कार्यान्वयनमा पनि जोड दिएका छन् ।













प्रतिक्रिया