१ कार्तिक २०८३, आइतबार

१९ औ पुष्प प्रर्दशनी सुरु, आत्मनिर्भर बन्न मन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agriculer (3)

काठमाडौं, १८ चैत । राजधानीको भृकुटीमण्डमा १९ औ पुष्प प्रर्दशनी सुरु भएको छ ।

बिहिबार राजधानीमा आयोजित कार्यक्रममा कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले सो मेलाको उद्घाटन गदै पुष्प व्यवसायको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए । पछिल्लो समय पुष्प व्यवसाय विस्तार्रै वामे सदै गएको भन्दै मन्त्री गजुरेलले कृषि क्षेत्रको विकासको लागि यस क्षेत्रले महत्पुर्ण योगदान पु¥याउदै गएको बताए ।

पुष्प व्यवसाय प्रर्वद्धन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बजार विस्तार गर्नको लागि यसको प्रयाप्त सम्भावना रहेको छ, मन्त्री गजुरेलले भने‘ पुष्प व्यापारबाट पनि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।’ उनले अरुको अगाडि भीख माग्ने मानसिकता नहटेसम्म नेपाल स्वाधिन र आत्मनिर्भर नहुने बताए । मन्त्री गजुरेले भने ‘नेपालीको मानसकिता नै गरिबी र पछौटेपनले गाँजेको छ यो मानसिकतामा सुधार नल्याएसम्म नेपालको अर्थतन्त्र बलियो हुन सक्दैन ।’

Agriculer (2)

कृषि क्षेत्रका अन्य उपजहरुसँगै पुष्प उत्पादनमा पनि बृद्धि गर्नुपर्ने मन्त्रालयको योजना रहेको उनले बताए ।

कृषि सचिव उत्तम कुमार भट्टराईले पुष्पको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने गरिहेको बताए । पछिल्लो समय पुष्प व्यवसाय आत्मनिर्भर बन्ने अवस्थामा आएकाले निर्यात प्रवद्र्धनका लागि सरकारी तवरबाट सहयोग गरिने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले पुष्प व्यवसायको प्रवद्र्धन गर्न सरकारले कृषिका अन्य क्षेत्रजस्तै र्बैकबाट सहुलियत दरमा ऋण तथा बीमाको उपलव्ध गराउनुपर्ने बताइन । पुष्प व्यवसाय मार्फत स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेर वैदेशिक जाने युवायुवातीलाई स्वदेशमै रोजगारीको सिर्जना गरिनुपर्ने बताइन ।

पुष्प व्यवसायलाई औधोगिकरणमा परिणत गर्न सके यसले दिगो आर्थिक विकासमा पु¥याउन सक्छ उनले भनिन,‘निजी क्षेत्र विकासका लागि अग्रसर भएको बेला सरकारले पनि हातेमाले गर्नु आवश्यक छ ।’

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले पुष्प महत्वसवले मुलुकको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै अन्तराष्ट्रिय बजारलाई पनि विस्तार सघाउ पु¥याउने बताए । पुष्प व्यवसाय निर्यात प्रर्वद्धनका लागि उत्पादन र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए ।

Agriculer (1)

फ्लोरिकल्चर एशोसिएसनका नेपाल(फयान)का कार्यबाहक अध्यक्ष दिलिप बादेले पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उदेश्यका साथ मेला आयोजना गरिएको बताए । स्थानीय उत्पादनले पुष्प व्यवसाय आत्मनिर्भर बन्दै गएकाले जनशक्ति र पुर्वाधारको कमी ले गर्दा अन्तराष्ट्रिय बजार विस्तार गर्न नसकिएको बताए । स्वदेशमै अन्तराष्ट्रिय स्तरको प्रर्दशनीकक्ष स्थापना गर्न सरकारले जग्गा उपलव्ध गराएपनि अहिले सम्म काम अगाडि बढ्न नसकेको भन्दै उनले पुष्प व्यवसायमा लगानी गर्न स्वदेशी विदेशी लगानीकर्ताहरु इच्छुक रहेपनि लगानी मैत्री बातावरण नहुँदा लगानीकर्ता आकर्षित बन्न सकेका छैन ।

‘स्वच्छ वातावरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मुल नाराका साथ बिहिबार देखि सुरु भएको मेलामा विभिन्न प्रकारका फूलहरु प्रर्दशीमा राखिएको छ । मेलामा मौसमी फूल, आलङकारिक बोटविरुवा, कटफलावर, ड्राई फलावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गाना, बीउविजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सुक्ष्म तथा थोपा सिचाईप्रविधि र विषाधीका प्रर्दशनी तथा विक्रि कक्ष राखिएको छ । मेला ६ वटा अफिसियल स्टल, प्रतियोगितात्मक प्रर्दशनीका लागि ३, ल्यान्ड स्केपिङका लागि ४ र व्यवसायकि स्टल ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ ।

फ्यानका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा १ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो । सोही आर्थिक वर्षमा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको थियो । सोही अवधिमा ३ करोड भन्दा बढीको निर्यात भएको थियो ।

पुष्प व्यवसाय क्रमिक रुपमा विस्तार हुँदै गएको छ ।हाल ३८ जिल्लाको ६ सय ७५ नर्सरीबाट पुष्प उत्पादन भइरहेको छ । करिब एक सय ४१ हेक्टर क्षेत्रफलमा पुष्प खेति विस्तार भएको छ । यस व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा ४१ हजार भन्दा बढी सर्वसाधारणले रोजगारी पाएको छ ।

मेलामा ६० लाख रुपैयाँको कारोबार र ६५ हजार हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसैबीच उद्घाटनको अवसरमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्ड स्केप,उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङकारिक विरुवा, उत्कृष्ट फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृट कट फलावर रोज, उत्कृष्ट कट फलावर कार्नेसन, उत्कृष्ट कल फलावर जर्वेरा, उत्कृष्ट ग्लाडिओलय लाई सम्मान तथा कदर पत्र वितरण गरिएको छ ।