१६ कार्तिक २०८३, सोमबार

रामशरण महत घाइते भएपछि ग्राण्डी अपताल पुगे पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Sharan-Mahat-600x368काठमाडौँ, १८ चैत । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरण महत घरको भर्याङबाट लडेर घाइते हुनुभएको छ ।

बुधबार दिउँसो लडेर घाइते हुनुभएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उहाँको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । भर्याङबाट चिप्लिएर लड्नुभएका डा महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा महतका सहयोगी रमेश महतले जानकारी दिनुभयो ।

यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता तथा सांसदले ग्राण्डी अस्पताल पुगी डा महतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । रासस