– अनिल खत्री
गुल्मी, १८ चैत । यसवर्षको एसएलसी परीक्षा आजबाट सुरु भएको छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परिक्षा सञ्चालन भएको छ । बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु भएको परीक्षा गुल्मीमा पनि शान्तिपूर्ण वातावरणमा परिक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।
आज पहिलो दिन सम्पन्न अंग्रेजी विषयको परिक्षामा १ सय १३ जना बिद्यार्थी अनुपस्थित भएका छन् । जसमध्ये १७ जना नियमित तर्फ र ९६ जना एग्जाम्टेड तर्फका बिद्यार्थी रहेका छन् । जिल्ला शिक्षा कार्यालय गुल्मीबाट वितरण भएका प्रबेश पत्रका आधारमा पहिलो दिन उक्त बिद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरिक्षक हिरा श्रेष्ठले जानकारी दिनुभयो ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन बिभिन्न समूह बनाएर अनुगमनको लागि खटाएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो ।
यसवर्ष गुल्मीबाट कुल ६ हजार ५ सय १ बिद्यार्थीले परिक्षा दिने भएका छन् । कुल बिद्यार्थी मध्ये नियमित तर्फ ४ हजार ८ सय ६ जना बिद्यार्थी ससहभागी हुने भएका छन् । जस मध्ये छात्रा तर्फ २ हजार ४ सय ९४ जना छन् भने छात्र तर्फ २ हजार ३ सय १२ जना बिद्यार्थी रहेका छन् ।













प्रतिक्रिया