काठमाडौं, १८ चैत । नेपालमा विहीबार विहानै भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर विहान ४ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्काले सुतिरहेका स्थानीय व्युझिएका थिए । आसपासका केही जिल्लामा पनि धक्का महसुस गरिएको थियो ।
केन्द्रका अनुसार गोरखा भूकम्पपछि ४ सय बढी धक्का गइसकेका छन् ।













प्रतिक्रिया