हवाना, १८ चैत । बाराक ओबामाको तीन दिन लामो क्युबा भ्रमण भएको केही दिनपछि क्युबामा सार्वजनिक रुपमा नै पार्टीका उच्च तहका नेताहरुका अभिव्यक्तिलाई लिएर अस्वाभाविक विवाद देखिएको छ ।
क्युबाले अख्तियार गर्ने आगामी सामाजिक तथा आर्थिक सुधारका विषयमा अनावश्यक ठाउँ र समयमा सार्वजनिक वृत्तमा आएको भन्दै नेतृत्व तहदेखि तल्लो तहसम्म बहसको विषय बन्न पुगेको छ ।
करिब एक महिना लामो तातो बहसपछि पार्टी नेताहरु एक अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेको क्युबाको सरकारी पत्रिका ‘ग्रान्मा’ ले सोमबार पहिलो पृष्ठमा विशेष स्थान दिई छापेको एपीले जनाएको छ ।
क्युबाली कम्युनिष्ट पार्टीको आगामी महिना हुने सम्मेलनसम्बन्धी विषय खुला रुपमा छलफलमा नल्याइएको ग्रान्माले छापेको छ ।
यसलाई समाजवादको स्थापना गर्ने अभियानमा प्रजातान्त्रिक अभ्यास तथा सार्वजनिक सहभागितामा बहस केन्द्रित भएको पनि सो पत्रिकाले बताएको छ ।
पार्टीका नेतालाई शान्त पार्न थोरै मात्र भए पनि लेखले योगदान गरेको भन्दै सरकारको बजार केन्द्रित सुधारका विषयमा आगामी दिनमा क्युबाको केन्द्र नियन्त्रित आर्थिक बजार नीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सार्वजनिक वृत्तमा थप छलफल गर्नुपर्ने भन्दै सम्मेलनलाई सार्नुपर्ने बहस पनि चलेको छ ।
पार्टीको आरपङ्ती पार्टी नेता तथा बुद्धिजीवी इन्टेवान मोराल्सद्वारा सामाजिक सञ्जालमा लेख्नुभएको ओबामा भ्रमणबारेको अभिव्यक्तिलाई लिएर आक्रोसित भएको थियो ।
पार्टीको तल्लो तहमा भ्रमणलाई लिएर प्रजातन्त्रका नाममा पार्टी पश्चगामी भएको गुनासो आएको छ । कार्यकर्ता तहमा पार्टीलाई प्रजातान्त्रिक बनाउने भन्दै पार्टीको आधारभूत सिद्धान्तबाट विचलित बनेको आरोप आएको छ ।
भ्रमणका विषयलाई लिएर कम्युनिस्ट नेता राष्ट्रपति राहुल क्यास्ट्रो र पूर्व राष्ट्रपति फिडेल कयास्ट्रोबीच नै भिन्नता देखिएको छ ।
राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति ओबामाले क्युबाली जनतालाई गरेको सम्बोधनमा आएका विचारलाई लिएर फिडेल क्यास्ट्रोले क्युबाली जनता कुनै मुलुकको उपहार नचाहने भन्दै यसै हप्ताको सुरुमा ओबामालाई पत्रद्वारा ओबामाका अभिव्यक्तिप्रति टिप्पणी गर्नुभएको थियो । एपी















प्रतिक्रिया