काठमाडौं, १७ चैत । सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति दिल्लीमा भएको पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
अब उसले उपाधिका लागि भारत र वेष्ट इण्डिजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । उसका लागि कोलिन मुन्रोले सर्वाधिक ४६ रन बनाए । यस्तै, गुप्टिलले १५, विलिम्सन ३२, एण्डर्सनले २८ रन बनाए ।
जवाफी व्याटिङमा उत्रिएको इंग्ल्याण्डले १५४ रनको लक्ष्य १७.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि जेसन रोयले आक्रमक पारी खेल्दै ५० बलमा ११ चौका र दुई छक्कासहित ७८ रन बनाए । जोस बट्लर ३२ र जोए रुट २७ रनमा अविजित रहे ।

















प्रतिक्रिया