१६ कार्तिक २०८३, सोमबार

अब झगडा गरेर मात्रै हुँदैनः देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-ncकाठमाडौ, १७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा बार्ता र संबादबाट समाधान हुन नसक्ने कुनै समस्या नभएको भन्दै समाजमा रहेका समस्या बार्ताबाटै समाधान भएर जाने विश्वास ब्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको १८ औं बार्षिक उत्सव, चौथौ महाधिवेशन एवम पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै उनले बार्ताको लागि असन्तुष्ट दलहरुलाई आउन आब्हान गर्दै भने, ‘सीमांकन मिलाउन बार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’

उनले रिपोर्टर्स क्लब नेपालले लोकतन्त्रकोलागि स्थापना कालदेखि नै काम गर्दै आएको भन्दै अझै पनि जनताको पक्षमा विचलित नभई काम गर्न सुझाव दिए ।