काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई निःशुल्क चीन घुमाएर ल्याएको हिमालय एयरलाइन्सले आज ‘प्रमाणित उडान’ गरेको छ ।
एयरलाइन्सले आज ए ३२०–२१४ को जहाजबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा प्रमाणित उडान गरेको हो ।
एयरलाइन्सले आज विज्ञप्ति जारी गरी नाइन एन–ए एल एम नेपाली रजिस्ट्रेसन नम्बर रहेको जहाजले सेवा सञ्चालनको सम्पूर्ण पक्षमा व्यवसायिक उडान भर्न सक्षम रहेको सावित गरेको जनाएको छ । विज्ञप्तिमा अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आएकाओ) को मापदण्ड र नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को नियमअनुसार क्यानका निरीक्षकहरुको सुपरिवेक्षणमा प्रमाणित उडान सम्पन्न गरिएको उल्लेख छ ।
एयरलाइन्सले आफ्नो पहिलो गन्तव्य भारतको नयाँदिल्ली र कतारको दोहा बनाएको छ । त्यसपछि चीनको ल्हासा, छेङ्दु र बेइजिङ उडान भर्ने योजना एयरलाइन्सको छ ।















प्रतिक्रिया