काठमाडौं, १७ चैत । स्पेनिस क्लब रियल मड्रिडका खेल्ने स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगलले बेल्जियमलाई हराएको छ ।
बुधवार बिहान भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २० औं मिनेटमा पोर्चुगलका लागि नानीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । तर, ४० औं मिनेटमा रोनाल्डोले गोल गरेर पहिलो हाफमा पोर्चुगल २–० को अग्रता लिन सफल भयो ।
तर, खेलको ६२ औं मिनेटमा बेल्जियमका लुकाकुले गोल गर्दै अग्रता २–१ मा पुगाए । तर, थप समयमा दुबै टोलीका तर्फबाट कुनै गोल हुन नसकेपछि पोर्चुगल २–१ ले विजयी भयो ।
















प्रतिक्रिया