– विकाश पराजुली
बुटवल, १६ चैत । बुटवलमा आज (मंगलबार) बाट सुरु भएको प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ मा खनाल ब्रर्दश रुपन्देहीले विजयी सुरुवात गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा भएको पहिलो उद्घाटन खेलमा मदन भण्डारी स्पोट्स एकेडेमी नवलपरासीलाई ४–० ले हराउँदै खनाल ब्रदर्श विजयी भएको हो ।
खेलको २१ औ मिनेटमा शिव श्रेष्ठको गोल मार्फत अग्रता बनाएको खनाल ब्रदर्शले का लागि दुई गोल विदेशी खेलाडि भिक्टरले गोल गरे । उनले २५ औं तथा ५० औं मिनेटमा पेनाल्टी माफर्त गोल गरेका हुन । त्यस्तै अर्को एक गोल खेलको ७७ औं मिनेटमा दिपक राई गोल गरे । खेल अवधिभर मदन मण्डारी स्पोट्र्स एकेडेमी नवलपरासीले कुनै गोल पर्काउन सकेन र खनाल ब्रदर्श ४–० ले विजयी भयो । विजयी बनेको खनाल ब्रदर्शले चैत १९ गते हुने एपीएफ काठमाडौं सँगको भेट पक्का गरेको छ ।
यता मदनभण्डारी स्पोट्स एकेडेमीका खेलाडि मनिष के.सीले डिबक्समा खनाल ब्रदर्शका भिक्टरलाई लडाएपछि प्रमुख एम्पाएर बोम बहादुर सारुले रातो कार्ड देखाएका थिए ।
आज (मंगलबार) देखि सुरु भएको प्रतियोगिता २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत आज (बुधबार) ठिक साढे २ बजे सुनौलो संगम युवा क्लव रुपन्देही र चितवन–११ का प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको एक कार्यक्रमका बीच पर्यटनमन्त्री आनन्द पोखरेलले गरे । सो अवसरमा बोल्दै उनले खेलले नै राष्ट्रलाई चिनाउने भन्दै खेलकुदको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।
















प्रतिक्रिया