सुरुङ्गा (झापा), १५ चैत । दक्षिणी झापाको राजगढमा घर भत्कँदा एक बालिकाको मृत्यु भएको छ ।
राजगढ–१ वोक्राझाडी निवासी नारायणप्रसाद गिरीको दुई वर्षीया छोरी पद्माको टाटीले लागेर मृत्यु भएको स्थानीय दिलीपप्रसाद राजवंशीले जानकारी दिनुभयो ।
आज बिहान आएको हावाहुरीले गिरीको फुसको घर भत्काएपछि टाटी झरेर बालिकालाई लागेको थियो । गम्भीर घाइते भएकी बालिकको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको बताइएको छ । रासस













प्रतिक्रिया