पोखरा, १५ चैत । खाजामा नशालु चिज राखेर खुवाई साढे नौ तोला सुन र मोबाइल चोरी फरार भएकी एक युवतीलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ ।
म्याग्दीको वेनी नगरपालिकास्थित एक होटलमा सँगै खाजा खाइरहेको बेलामा चोरी गर्ने देवीका पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गएको चैत १ गते उक्त होटलमा कुलदीप जुग्जाली र युवतीसँगै बसी खाजा खाइरहेको बेला जुग्जालीलाई बेहोस बनाएपछि सुनको सिक्री, औठी बाला र मोबाइल लुटेर उनी फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अभियुक्तलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाएको छ । रासस













प्रतिक्रिया