१६ कार्तिक २०८३, सोमबार

आँखामा खुर्सानीको धुलो हालेर महिलालाई लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chilly-Power_Use_Loot_Surkhet_208044237

नेपालगन्ज, १५ चैत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रभु बैंकबाट रकम झिकेर घर जाने क्रममा आज एक महिला लुटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बैंकबाट रु एक लाख २५ हजारको चेक साटेर वीरेन्द्रनगर–६ स्थित घर जाने क्रममा पार्वती बुढा क्षेत्री लुटिएकी हुन् ।

लुटेराले उनको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेका थिए । पीडित महिलाले बताएको हुलियाको आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाइएको छ । रासस