दमक, १५ चैत । कानुनमन्त्री अग्नि खरेलले राजनीतिक दलहरुबीच सहमतिको संस्कार कायम हुन नसके देश दुर्घटनामा जानसक्ने बताउनुभएको छ ।
झापाको तोपगाछी गाउँ कमिटीको १२ औ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री खरेलले सहमतिको संस्कार तोड्ने बेइमानी काम भए राजनीतिक पार्टीलाई भन्दा पनि मुलुकलाई घाटा हुने बताउनुभयो ।
एमाले पोलिटब्युरो सदस्यसमेत रहनु भएका खेरलले भन्नुभयो – “अहिलेको संविधान समावेशी सिद्धान्तमा आधारित भएको हुँदा यसको कार्यान्वयनमा बखेडा झिक्नु राजनीतिक दलकै लागि पनि ठीक हँुदैन ।”
सहमतिको राजनीति विना संविधान कार्यान्वयन हुन नसक्ने भएकाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारमा आउनु पर्ने उहाँको तर्क थियो । रासस












प्रतिक्रिया