१६ कार्तिक २०८३, सोमबार

लेन पालना नगर्नेलाई रु २०० जरिवाना, एक घण्टाको कक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Traffice

काठमाडौँ, १५ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लेन पालना नगर्ने एक हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकामा धेरैजसो सवारी साधनले पछिल्लो समय लेन पालना नगर्ने गरेको भन्दै शुक्रबारबाट लेन पालना नगर्ने सवारी साधनलाई नियन्त्रणमा लिन थालेको हो ।

महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालसहित सबै ट्राफिकका अधिकृतहरूसमेत लेन पालना गरेको नगरेको हेर्न सडकमा बस्नुभएको छ ।

महाशाखाले तीनदिनमा एक हजारभन्दा बढी सवारी साधनलाई नियन्त्रण लिई कारबाही गरेको छ । लेन पालना नगर्नेलाई रु २०० जरिवना र एकघण्टाको सचेतना कक्षा लिने गरेको छ ।

लेन काटेको सवारी साधन भाग्न खोजे क्यामराले खिच्ने र मोटरसाइकलले पछ्याएर समात्ने र कारबाहीको दायरामा ल्याउने गरिएको महाशाखा प्रमुख अर्यालले बताउनुभयो । रासस